आज राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयकसहित दुई प्रतिवेदन पेस हुने
संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्दैछ।
नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएपछि केही समय स्थगित राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पनि सभा समक्ष प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया
