कांग्रेसलाई ठुलो दल बनाउन मधेशबाट मेरो उम्मेदवारी : गगन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफूले मधेशबाट उम्मेदवार बनेको बताएका छन् । काठमाडौँमा आयोजना गरिएको सर्लाही ४ का मतदाताहरुसँगको छलफलमा थापाले आफू मधेश नझरी कांग्रेस ठुलो पार्टी बन्न नसक्ने बुझाइका साथ सर्लाही ४ बाट उम्मेदवारी दिएको थापाले प्रस्ट पारे।
थापाले काठमाडौं ४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै आफ्नो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुङ्गो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नपाएको दावी गरे । ”म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो। मैले यसअघि तीन पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो । ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही ४ रोजेको हुँ। मैले अघिल्लो पटक नै मधेश झर्न चाहेको थिए। अहिले आँट गरेको आएको हुँ’, सभापति थापाले भने ।
