के डा. बाबुरामले गोरखामा रास्वपालाई छाडेकै हो त ?
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ। रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी फिर्ता लिएर रास्वपाका उम्मेदवारी कवीन्द्र बुर्लाकोटीलाई सघाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘आसन्न निर्वाचनमा गोरखा २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौँ।’
तर डा. भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएपनि यसपछि कसलाई सघाउने भनेर खुलस्त पारेका छैनन् ।
