मिलानको पुनरागमन जित
काठमाडौं । एसी मिलानले इटालियन सिरी एमा कोमोविरुद्ध पुनरागमन जित निकाल्ने क्रममा ३-१ ले हराएको छ। स्टाडियो जियुसेप्पे सिनिगालियामा फ्रान्सेली गोलकिपर माइक माइन्यानले विपक्षीका ८ वटा प्रहार रोक्दै टोलीलाई जित तर्फ डोर्याए।
कोमोले खेलको १० औँ मिनेटमै मार्क केम्प्फको हेडरमार्फत अग्रता बनाएको थियो। तर माइन्यानको उत्कृष्ट प्रदर्शनका थप गोल हुने पाएन । इन्जुरी समयमा क्रिस्टोफर नकुन्कुको पेनाल्टी गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो।
दोस्रो हाफमा एड्रियन राबियोका २ गोल गरेपछि मिलानले विजयी भएको थियो ।
५५ औँ मिनेटमा राबियोले राफाएल लियाओको पासलाई नियन्त्रणमा लिँदै भलीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८८औं पनि राबियोले लामो दूरीबाट अर्को गोल गर्दै जित पक्का गरे। यो जितसँगै मिलानले सिरी एको शीर्षस्थानको इन्टरसँगको दूरीलाई ३ अंकमा झारेको छ।
