कांग्रेस विवाद : के देउवाले डा. शेखरको कुरा सुन्ला ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको  एकताका लागि आग्रह गरेका छन् ।  देउवा निवास महाराजगञ्जमा बिहीबार बिहान पुगेका कोइरालाले पार्टीमा विभाजनको खतरा रहेको भन्दै निकास खोज्न सभापतिसँग लचकता अपनाउन अनुरोध गरेका हुन् ।

कोइरालाले ‘को नेता बन्ने भन्दा पनि पार्टी एकता अहिलेको प्रमुख आवश्यकता हो’ भन्दै देउवालाई जिम्मेवार भूमिका खेल्न सुझाएका थिए । पार्टीभित्र पछिल्लो समय विशेष महाधिवेशनको विषयले कांग्रेसलाई औपचारिक रूपमा दुई खेमामा विभाजित गरेको देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रियालाई अवैध ठहर गर्दै आएको छ भने संस्थापन इतर पक्षले नेतृत्व परिवर्तनका लागि दबाब बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर