निधिमाथि भएको दुर्व्यवहारको विरोध

काठमाडौं । कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा हिजो मंगलबार सहभागी हुन जाने क्रममा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा निधी पक्षका नेताहरू गगन थापाविरुद्ध उत्रिए।

कांग्रेस नेता निधी बैठकमा सहभागी हुन जाने क्रममा विशेष महाधिवेशन माग्दै विरोध प्रदर्शन गरिरहेको समूहले दुर्व्यवहार गरेका थिए। निधिमाथि भएको व्यवहारको महामन्त्री विश्वप्रकाश शर्मादेखि गगनसम्मले विरोध गरेका छन्।

तर निधी पक्षधर काङ्ग्रेसकै नेताहरू पार्टी महामन्त्री गगनको विरोधमा मशाल जुलुसदेखि चक्काजामसम्ममा उत्रिए। जनकपुरमा निधी समर्थकले मशाल जुलुस निकालेर गगनको पुत्ला जलाए। अनि काठमाडौंको कोटेश्वरमा पनि एक समूहले गगन विरुद्ध नाराबाजीसहित मशाल जुलुस निकालेर पुत्ला जलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर