डा. शेखरलाई कांग्रेसमा अग्रसरिता लिन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरूले पार्टीको महाधिवेशन विवाद अन्त्य गर्न अग्रसरिता लिन आग्रह गरेका छन् ।
आज मंगलबार बिहान देउवा पक्षीय नेन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सम्मिलित टोलीले कोइरालालाई भेटेर अग्रसरिताका लागि अग्रह गरिएको हो । आज बिहान ८ बजेदेखि सुरु भएको छलफल करिब साढे दुई घण्टा चलेको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा १५ औँ महाधिवेशन वैशाखमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताले फरक मत राखेका थिए । सोही निर्णयलाई लिएर पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ ।
