विशेष महाधिवेशनको औचित्य समाप्त : कांग्रेस संस्थापन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।

सभापति देउवा निवास महाराजगञ्जमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको र देशभरिका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

कांग्रेसले पुस २१ गते सोमबार दिउसो १ बजे पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर