बहुमतले गरेको निर्णय मान्न बाध्य भएँ : डा. शेखर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत भए पनि बहुमतले गरेको निर्णय मान्न बाध्य भएको बताएका छन् ।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा शनिबार आफूनिकट काठमाडौंमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग भेटमा कोइरालाले उक्त कुरा बताएका हुन् ।
डा. कोइरालाले आफू विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत भए पनि बहुमतले गरेको निर्णय मान्न बाध्य भएको बताए । पार्टीमा पछिल्लो समय देखिएको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई कसरी सुरक्षित अवतरण गराउन सकिन्छ भन्ने विषयमा राय लिन आफू निकट नेताहरूसँग छलफलमा बसेका कोइरालाले केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताएको छलफलमा सहभागी एक नेताले बताए ।
नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको पनि बताए ।
