बालेन, रवि र कुलमानको सहकार्य ‘दुब्लाहरुको गठजोड’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीच भएको राजनीतिक सहकार्यलाई ‘दुब्लाहरुको गठजोड’ भनी व्यंगपूर्ण टिप्पणी गरेका छन् ।
मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयकमंगलबार आयोजित कार्यक्रममा उनेले भने, “देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ”, ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला।’

एमालेजस्तो बलियो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि कमजोर शक्तिहरूले सहकार्य गर्नुपरेको उनको भनाइ थियो। उनले को लोकप्रिय छ ? भन्ने निर्णय आगामी निर्वाचनबाट हुने स्पष्ट पार्दै लोकतन्त्र कहिल्यै पराजित नहुने र आगामी चुनावमा एमालेको विजय सुनिश्चित भएको जिकिर गरे। ‘अहिले सिर्जना गरिएका लोकप्रियता–अलोकप्रियताका बहसहरूको जवाफ एमालेको महाधिवेशनले दिइसकेको छ’, ओलीले भने, ‘अब बाँकी फैसला निर्वाचनले गर्नेछ। हामी चुनावका लागि तयार छौँ।’

‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हास्यास्पद लाग्यो’, अध्यक्ष ओलीले भने, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ । यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’ उनले घैँटाको पानीले सागर बन्न नसक्ने र भेँडा बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र कांग्रेसजस्ता दल ठूला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकिर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर