सुदन गुरुङको संयोजनमा बालेन, कुलमान र रवि एक भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। ‘मैले कुलमान, बालेन र रविलाई मिलाएरै छाडे’, उनको दाबी छ।

तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन्। ‘सहमतिका सबै कुरा मैले भन्न मिल्दैन। केहीबेरमा उहाँहरू नै सार्वजनिक गर्नुहुन्छ’, उनले भने, ‘कुलमान पनि रास्वपाबाटै लड्ने भइसक्नुभयो।’ रवि र बालेनले यसअघि नै सहमति गरिसकेका थिए। यसअघि रवि, बालेन र कुलमानबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर