काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँगै अशोई र हृदयेश त्रिपाठी नेतृत्वका दलहरू पनि एक हुने तयारीमा छन्।
यादव नेतृत्वको जसपा नेपाल र ठाकुर नेतृत्वको लसपाले आइतबार पार्टी एकीकरण गर्ने निर्णय गरेसँगै अन्य दललाई समेत समेट्ने गरी छलफल अघि बढाइएको जसपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए।
उनका अनुसार सकेसम्म पार्टी एकता गर्ने, नसके आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने विकल्पमा सहमति जुटाउने प्रयास भइरहेको छ। यी दलहरू यसअघि पनि एक भएर पछि सत्ता विवादका कारण विभाजित भएका थिए।
