रवि, बालेन मिलनप्रति हर्क सापाङ र सुदन गुरुङको विरोध

काठमाडौं । जेनजी आन्दोलनको अगुवा सुदन गुरुङले बालेन साह र रवि लामिछाने पार्टी राजनीतिमा एक भएकोमा सुन्तुष्टि व्यक्त गरेका छन् । गुरुङले आज सामाजिक सञ्जालमा लेख्दै रवि र बालेनको मुद्दा चुनावी भए पनि आफूहरूको मुद्दा देशको समस्यामा केन्द्रित हुने उल्लेख गरे ।

गुरुङले लेखेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौँ । जय देश ।’

गुरुङ पक्षधर जेन–जी बालेनसँग खुसी नभएको सार्वजनिक भएपछि अन्य जेनजी समूहहरूको प्रतिक्रिया आन बाँकी नै छ । यसैगरी धरानका मेयर हर्क सापाङले पनि रवि र बालेन मिलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै देश विदेशीको हातमा लिलाम गर्न खोजिएको आरोप लगाए ।

“सहकारी काण्डदेखि विभिन्न प्रकरणमा तानिएका, एमसिसीजस्ता विषयमा तयारी गर्नेहरूसँग मिलेर सत्ता र कुर्सीका लागि, देशलाई विदेशीका हातमा लिलाम गर्न तयार हुने व्यक्ति को हो रु,ु उनले भनेका छन्, आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौं। त्यसलाई संस्थागत गर्न लुकेर बस्ने त्यो व्यक्ति को हो भनेर तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला।”

रवि, बालेनबिचको मिलनका ७ बुँदा

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर