लौरोले टेक्ने कि घन्टी बजाउने बालेन र रविबिचको अलमल

काठमाडौं ।  रवि लामिछाने र बालेन एवं कुलमान घिसिङबिचको चुनावी एकता समझदारीले ठोस आकार ग्रहण गर्न उनीहरू निकटततामा पुगेको बताइन्छ । वि, बालने र कुलमानबिच सहकार्य गर्न कुनै मतभेद नभएता पनि बालेको लौरो, रविको घन्टी र कुलमानको चिम कुन चुनाव चिह्नमा जाने भन्ने निर्क्यौल बाँकी छ ।

एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास निर्णायक मोडमा पुगेको छ । दुवै पक्षका दोस्रो तहका नेताहरूले शुक्रबार दिनभर गरेको ‘म्याराथन’ छलफलले राजनीतिक सहकार्यको प्रारम्भिक खाका तयार पारेको छ भने शनिबार (आज) त्यसलाई अन्तिम रूप दिने तयारी छ । शुक्रबारको छलफलमा तयार पारिएको ‘मोडालिटी’ अनुसार पार्टीको सम्पूर्ण कमाण्ड (सभापति) रवि लामिछानेले सम्हाल्ने र आउँदो निर्वाचनमा बहुमत प्राप्त भए बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर