बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर रास्वपालाई वृहत् रूप दिने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पार्टीको दोस्रो वरियता र आगामी फागुन २१ गते निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा स्वीकार गर्ने सन्देश पठाएका छन् ।

बालेनले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको बैठक भइरहेको छ । उक्त बैठकमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकारलगायत रहेका छन् । दुवै पक्षबीच हुने सम्झौताको ड्राफ्ट बनाउनका लागि कार्यदल जुटिरहेको छ । अहिलेसम्म बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार बनाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर