१० दिने अल्टिमेटमपछि विप्लव सडक संघर्षतर्फ

काठमाडौं ।  नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने बताएका छन्।

काठमाडौंमा बिहीबार बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा विप्लवले वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरूलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन्।

उनले वर्तमान सरकार भंग गरि सर्वपक्षीय सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष १० दिने अल्टिमेटमसहितको माग पत्र समेत बुझाइएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर