बालेनको सर्वपक्षीय भेटघाटले पुराना दललाई चिन्ता

काठमाडौं ।  काठमाडौं महानगरका प्रमुख बालेन साह वैकल्पिक शक्ति निर्माण गर्न सक्रिय भएका छन् । विशेष गरी जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरुको पुरानै ढर्रामा काम गर्न थालेपछि बालेनले आफ्नो सक्रियता बढाएका हुन् , उनको यो सिक्रयताले के नतिजा निस्ने हो त्यसका लागि भने प्रतीक्षा गर्नुपर्ने स्थिति छ । आपल्नो सक्रियतालाई मूर्तरुप दिन बालेनले आज आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गरेका छन् ।

बालेनले यही सिलसिलामा आज रास्वपाका सभापति रवि लामिछानेसँग पुनः भेट गरेका छन् । लामिछानेसँगको भेटमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने विषयमा छलफल भएको दाबी गरिएपनि लामिछानेले आफूहरुको छलफल त्यहाँसम्म नपुगेको सार्वजनिक रुपमै बताएका थिए । लामिछानेले बालेनलाई स्पष्ट रुपमा कुनै किसिम प्रस्ताव नगरेको बताइएको छ । लामिछानेबाट स्पष्ट प्रस्ताव नपाएपछि समयको चापलाई दृष्टिगत गर्दै बालेन आफ्नै किसिमले अगाडि बढ्न लागेको बुझिएको छ ।

यस क्रममा उनले बुधबार पनि कांग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाहीसहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेको थियो । यसैबीच आज पनि बालेनले ऊर्जा मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता सुनिल शर्मा, जेनजी अभियन्ता सुदन गुरुङ, सागर ढकालसहितसँग छलफल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर