रवि-बालेन भेटको निचोड के हो ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार साँझ काठमाडौंको कमलपोखरीमा रहेको रास्वपाका नेता असीम साहको घरमा भेटवार्ता भएको हो।

भेटमा उपसभापति डोलप्रसाद अर्याल पनि थिए । रिहाइपछि राजधानीकेन्द्रित छलफल र संवादलाई प्राथमिकता दिएका उनले विभिन्न राजनीतिक तथा सामाजिक पात्रहरूसँग भेटवार्ता गरिरहेका छन् । यसअघि लामिछानेले आइतबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा चुनावी सहकार्य र एजेन्डालगायतका विषयमा छलफल भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर