ओलीको मनपरी तन्त्रविरुद्ध लडाइँ जारी छ : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधानको व्यवस्था उल्टाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मनपरीतन्त्र भन्दै त्यसविरुद्ध लडाइँ जारी रहेको बताएका छन्।
ओलीले आइतबार महाधिवेशनको बन्दसत्र सुरु हुनअघि केन्द्रीय कमिटीबाट पदाधिकारी संख्या बढाउने निर्णय गरेका थिए। त्यसप्रति लक्षित गर्दै उपाध्यक्ष पाण्डेले मनपरीतन्त्र भनेका हुन्।उपाध्यक्ष पाण्डेले फेसबुकमा लेखेका छन्,‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने? यो सरासर मनपरी होइन भने के हो?’
प्रतिक्रिया
