विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा पहिलो इनिङको खेल सकिँदा विराटनगर किंग्सले लुम्बिनी लायन्स समक्ष १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो ।
टस जितरे व्याटिङ रोजेको विराटनगरमा आज नयाँ चर्चित खेलाडी फाव डुप्लिसेसलाई पहिलो पटक मैदानमा उतारे पनि उच्च रन जोड्न सकेनन । ५ खेल खेलेको लुम्बिनीले २ जित र ३ हार व्यहोरेको छ। प्ले अफमा जानलाई लुम्बिनीलाई जित्नै पर्ने दवाव छ ।
प्रतिक्रिया
