गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् । एक कार्यक्रम बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ,’ थापाले भने ।

उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गते काठमाडौंमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर