कर्णालीलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । पोखराले कर्णाली याक्सलई ३४ रनले पराजित गरेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको पोखराले पूरै ओभर खेलेर २०१ रनको विशाल योगफल बनाएको थियो । पोखराका लागि रसिङ्गटनले शतकीय पारी खेले । उनले पोखराका लागि १०८ रनको योगदान गरे ।
२०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । कर्णालीलका लागि जयकिसनले ४३ र प्रियंकले ३४ रन जोड्नु बाहेक अरु खेलाडीले राम्रो रन बनाउन सकेनन ।
प्रतिक्रिया
