पुसभित्र कांग्रेसको नियमित महाअधिवेशन गर्ने सहमति

काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवाद पुस महिनाभरमा नियमित अधिवेशन सम्पन्न गर्नेगरी टुंगो लगाइएको छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव तयार पारेका छन्।

प्रचार विभाग प्रमुख विश्वकर्माले लामो समयदेखि जारी विवाद समाधानतर्फ अगाडि बढेको बताए। पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने सहमति भएको उनले जानकारी दिए। नियमित महाअधिवेशन पुस २६ देखि २९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिकालाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

संस्थापन पक्षकै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतका नेताहरू भने निर्वाचनको घोषणा भइसकेकोले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। पुस मसान्तमा महाधिवेशन गर्ने गरी भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको निधि–सिटौला समूहका नेताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर