पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी

काठमाडौं ।  नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाडौँ विजयी भएको हो ।

काठमाण्डौँले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो । यो सँगै पाँच खेल खेलिसकेको काठमाण्डौँ तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमाण्डौ भन्दा पछाडि परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर