एनपीएलमा लुम्बिनीलाई काठमान्डुले हरायो

काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको छ । काठमान्डुले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा १ सय ३५ रनमा अलआउट भयो ।

लुम्बिनीका शेर मल्लले २७ र दीलिप नाथले २५ रन बनाए । काठमान्डुका मिलिन्द कुमार र गेर्हार्ड इरास्मसले समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । काठमान्डुका कप्तान करण केसीले ११ बलमा नटआउट ३४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नइब र कप्तान रोहित पौडेलले समान २ विकेट लिए । यो जीतसँगै काठमान्डुले ४ खेलमा ४ अङ्क जोड्दै तेश्रो स्थानमा छ भने लुम्बिनी ३ खेलमा २ अङ्कसहित चौथो स्थानमा छ ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर