ICC पुरुष T20 विश्वकप २०२६ को तालिका सार्वजनिक

काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तान दुवै समूह ए मा छन्।

भारतले फेब्रुअरी ७ मा अमेरिका, फेब्रुअरी १२ मा नामिबिया, फेब्रुअरी १५ मा पाकिस्तान र फेब्रुअरी १८ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। भारत र पाकिस्तान बीचको खेल कोलम्बोमा हुनेछ। यस प्रतियोगितामा पाकिस्तानका सबै खेलहरू कोलम्बोमा हुनेछन्।

प्रतियोगितामा २० टोली सहभागी

समूह ए

भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स, नामिबिया

समूह बी

अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे, ओमान

समूह सी

इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल, इटाली

समूह डी

न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई

फेब्रुअरी ७ देखि २० सम्म कुल ४० समूह खेलहरू खेलाइनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोली फेब्रुअरी २१ मा सुरु हुने सुपर एट चरणमा प्रवेश गर्नेछन्। सुपर एटबाट शीर्ष चार टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरू कोलकाता/कोलम्बो र मुम्बईमा खेलाइनेछ भने फाइनल खेल मार्च ८ मा अहमदाबाद/कोलम्बोमा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर