पोखरालाई १८ रनले हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को हिजो शुक्रबार रातिसम्म भएको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७५ रन बनायो । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे ।

यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर