भोलिन्टियर्स फोर्सका संयोजक श्रेष्ठको धम्की “लोकेसन ट्र्याक गर्छौं”
काठमाडौं । एमाले सम्बद्ध नेसनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभई जहाँबाट पनि भिड्न तयार रहेको बताएका छन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंन्क्वेटमा आयोजित घोषणा सभामा श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाए ।
‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं’, उनले भने । ‘जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं,’ उनले भनेका छन् ।
प्रतिक्रिया
