एमालेको प्रतिकार गर्न जेन्जीको माइतीघरमा धर्ना

काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन् । नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ। एमालेले आज आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दैछ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर