सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गोर्खाजले फिल्डिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत तेस्राे दिनकाे खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा भएकाे टसमा काठमाडौंका कप्तान करण केसीले फिल्डिङ रोजेका हुन्। पहिलो खेलमा साविक विजेता जनकपुर वाेल्ट्सलाई चार विकेटले हराएको काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा उत्रिएको छ।
उता, प्रतियोगिताको पहिलो खेल खेल्न लागेको साविक उप–विजेता सुदूरपश्चिम रोयल्स भने उत्कृष्ट सुरुआत गर्दै सुखद लक्ष्य स्थापित गर्ने उद्देश्यमा मैदान उत्रिएको छ।
प्रतिक्रिया
