सभा गर्न नदिने सरकारले चुनाव गर्छ ? : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताएका छन् ।

एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलामा उनले भने, “‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एअरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एअरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एअरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

‘हामी अब देशलाई, नेकपा एमाले छ नि । अरु कोही बोल्छ कि बोल्दैन, छाडिदिउँ । तर हामी छौं नि । नेकपा एमाले छ नि । हामीले आफू संगठित हुनुपर्‍यो । सत्यको पक्षमा दृढताका साथ बोल्ने, उभिनु पर्‍यो,’ ओलीले भने, ‘अब कुनै जेनजी आगो लगाउन आउने छैन । आगो लगाउन आयो भने राम्रै सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउँछौं ।’

उनले डेरामा बस्ने नेताहरूको घरबेटीलाई समेत फोन गरेर आगो लगाउने चेतावनी भइरहेको बताए ।

‘फोनबाट समेत राजीनामा गर, तेरो घरमा आगो लगाउँछु भन्दैछ । कोही डेरामा बस्दैछ भने घरबेटीलाई फोन गरेर त्यो मान्छे निकाल नत्र आगो लगाइदिन्छु भन्दैछ । त्यो कुनै मान्छे हो ?,’ ओलीले भने, ‘त्यो अपराधी हो । राक्षस हो । उसको मानसिकता नै भाडामा अपराधिक काम गर्ने मान्छे हो । यो राक्षस प्रवृत्ति नै हो ।’

दुर्गा प्रसाईंलाई तत्काल छाड्न केपी ओलीको आग्रह

शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् । बोलेबापत प्रसाईंलाई सरकारले थुनेको उनले बताए । ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै नपाइने पनि हुन्छ ?’ ओलीले भने ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको दाबीसहित प्रसाईंले भिडियो सार्वजसनिक गरेका थिए । त्यसपछि प्रसाईं सोमबार राति पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर