मंसिर २४ गते कांग्रेसको विशेष महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । केन्द्रीय सदस्य मधु आचार्यले आज शुक्रबार विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

‘नेपाली कांग्रेस को विधान मा व्यवस्था भएको धारा १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगला देवी सिंह उहाँको जन्म जयन्ती पर्छ। त्यस दिन बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ उनले बैठकमा भने ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर