बालेनको दिमागी सन्तुलनमा शंका, किन लेखे त्यस्तो अशिष्ट स्टाट्स ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले राजनीतिक दलहरू र मित्र राष्ट्रहरूप्रति लक्षित गर्दै अशिष्ट शब्द प्रयोग गरिएको फेसबुक स्टाट्स पोष्ट गरेको केहीबेर मध्यरातमै हटाएका छन् । उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

साहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए। उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। साहको यस्तो हर्कतले उनको राजनीतिक दिमागी सन्तुलनमा शंका उत्पन्न गरेको छ । बालेनले शनिबार मध्य रातमा अंग्रेजीमा लेखेका थिए, “यु गाइज अल कम्बाइन्ड क्यान डु नथिङ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर