कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी मुख्यालय सानेपामा शनिवार बसेको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र देखिएको विवाद समाधान गर्न सहमति जुटाउन निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो ।
समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरूको मतान्तर सहमतिको नजिक पुगेको पनि आफूले अनुभूति गरेको बताए ।
प्रतिक्रिया
