नेपालविरुद्ध यूएईको आक्रामक सुरुवात
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज एकदिवसीय खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याइरहेको यूएईले आक्रामक सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल टिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन जोडेको थियो। यता यूएईका ओपनर अलिशान शराफु ले मात्र २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन को विस्फोटक पारी खेलेर टिमलाई बलियो सुरुवात दिएका थिए। यद्यपि, करण केसीले उनलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि सन्दीप लामिछानेले शोएब खान शून्य रनमा आउट गरेर नेपाललाई खेलमा फर्काउने प्रयास गरेका छन्।
रोहित ओडिआईमा दुई शतक बनाउने पहिलो नेपाली
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दुई शतक बनाउने पहिलो नेपाली बनेका छन्। आज रोहितले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध शतक बनाएर यो सफलता प्राप्त गरेका हुन्।
ओपनर कुशल भुर्तेल ७ रन जोडेर पहिलो विकेटको रुपमा आउट भएपछि कप्तान रोहित क्रिजमा छिरे। नेपालले कमजोर सुरुवात गर्यो।२६ रन जोड्दा २ विकेट गुमेको अवस्थामा रोहितले सम्यम्ता अपनाए। उनी क्रिजमा सेट भए।
रोहितले आरिफ शेखसँग चौथो विकेटको लागि ७० रनको तथा दिपेन्द्र सिंह ऐरीसँग पाँचौ विकेटको लागि लागि ५४ रनको दुई महत्वपूर्ण साझेदारी पनि गरे। रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरे। ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो।
आज रोहितले १ सय ९ रन बनाए। यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए। ओडिआईमा पुर्व कप्तान पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान १ शतक बनाएका छन्।
