हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा १० जनाको मृत्यु
काठमाडौं । भारतमा हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।
शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको दुर्घटनामा बसमा आगो लागेको थियो र पूर्ण रूपमा क्षति भएको थियो। दुर्घटना हुँदा बसमा लगभग ४२ जना यात्रु थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ, त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
बीबीसी तेलुगुको रिपोर्ट अनुसार प्रारम्भिक जानकारी अनुसार एउटा बाइक बससँग ठोक्किएको, त्यसको मुनि पसेको र त्यसपछि तेलको ट्याङ्कीमा ठोक्किएको थियो जसका कारण आगो लागेको थियो। यद्यपि, स्थानीय प्रशासनले अहिलेसम्म यो कारणको आधिकारिक पुष्टि गरेको छैन।
कुर्नूल दुर्घटनाको बारेमा मुख्यमन्त्री चन्द्रबाबु नायडूले ट्विटरमा लेखेका छन्, ुकुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको भयानक बस आगलागी दुर्घटनाको बारेमा थाहा पाउँदा म अत्यन्तै दुःखी छु। यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति मेरो गहिरो समवेदना छ। सरकारले घाइते र प्रभावित परिवारहरूलाई सबै सम्भव सहयोग प्रदान गर्नेछ।ु
“दुर्घटनामा दुई बालबालिका र दुई चालक सहित लगभग १९ यात्रुहरू सुरक्षित छन्,: कुर्नूल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईलाई बताए।
प्रहरीका अनुसार सर्ट सर्किट भएर बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जल्यो। बाँचेका धेरैजसो यात्रुहरू २५ देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ।
