सुशीला कार्की हाम्रै सिफारिस र समर्थनमा प्रधानमन्त्री बनेकी हुन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार केपी ओलीको सिफारिसमा आफुहरुको समर्थनमा बनेको बताएका छन् ।
महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सुशिला कार्की ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेको दोहोराउदै त्यसमा आफूहरुको समर्थनमा बनेको दोहोराएका हुन् । उनले ओलीले आफूले सिफारिस गरेको कुरा शुरुमा स्वीकार नगरेपनि अहिले आएर स्वीकार गरेको बताउदै ओलीले भदौं २३ गते नै राजीनामा दिएको भए २४ गतेको विध्मस हुने थिएन भन्ने दावी गरे ।
प्रचण्डले घोषित मितिमै निर्वाचन गरेर जेनजीका माग सम्बोधन गरेर संबिधान संशोधन गर्नुपर्नेमा आफूहरु अडिग रहेको बताए । माओवादीको नेतृत्वमा देशमा चुनावको माहोल बन्दै गरेको भन्दै मंगलबार प्रधानमन्त्रीले बोलाएको बैठकमा समेत सबै दल चुनावमा जान तयार रहेको अभिव्यक्ति दिएको समेत उल्लेख गरे ।
