उनले गृहमन्त्रीमाथि सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारी साधनहरू संसद भवनको पछाडि लगेर लुकाएको आरोपसमेत लगाए । उनले भने, ‘सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ । यसको मतलब गृहमन्त्री थुनिएका मान्छेहरू छुटाउँदै छन् ।’
बस्नेतले गृहमन्त्रीमाथि अपराधीसँगको साँठगाँठ रहेको आरोप लगाउँदै भने, ‘गृहमन्त्री प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ । उहाँ सम्पूर्ण अपराधको मतियार हो ।’
यसैगरी उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उनको टिममाथि पनि बस्नेतले गम्भीर टिप्पणी गरे । उनले भने, ‘बालेनजी, गृहमन्त्रीजी र बालेनको जुन टिम छ, त्यो गोर्खाली भाइ पारितिरकै छन् । घुसपैठ गरेर नागरिकता बनाएका विदेशी मन भएका व्यक्तिहरूको आँडमा गृहमन्त्री बनेको देखिन्छ ।’
नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि विदेशी शक्ति र स्वदेशी घुसपैठियाको साथमा रही प्रमाण नष्ट गर्न सक्रिय रहेको आरोप लगाए । यसैगरी उनले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको छानविनमा प्रधानमन्त्री शुसीला कार्की, गृहमन्त्री र बालेन शाह सबैमा छानबिन हुनपर्ने बताए । उनले गृहमन्त्रीले काम गर्न नसके घोक्रेठ्याक लगाउँदै कुर्सीबाट निकालेर आफूहरु गृहमन्त्री बनेर काम गर्ने बताए ।
‘५४ जनाको हत्या भएको कुरा शुसीला कार्की, गृहमन्त्री र बालेन शाहसम्म सबैमा छानबिन हुनपर्छ । देशव्यापी रुपमा राष्ट्रिय युवा संघ नेपाले अहिलेसम्म २७ वटा जाहेरी हालेको छ । अब छानबिन हुन्छ कि हुँदैन । संसद पूर्नस्थापनाको प्रक्रियामा हामी गइसकेका छौँ । अब एउटा ठूलो आन्दोलन लोकतान्त्रिक दलहरु मिलेर गर्ने छौँ । अब ओमप्रकाश जी ले गर्नु भएन भने ओमप्रकाश जीलाई घोक्रेठ्याक लगाएर उहाँको ठाँउमा गएर हामी गर्ने छौँ ।’
