आफ्नै कारणले पूर्वमन्त्री खड्का सार्वजनिक भएको गृहमन्त्री अर्यालको दावी

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री दीपक खड्का भागेको खबर एक पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा भनेकोमा ठीकै भएको तर्क गरेका छन् । उनले उक्त पत्रिकामा दिएको अन्तर्वार्तामा खड्का अमेरिका पलायन भएको र अन्य पनि पलायन गर्ने सोचमा रहेको र उक्त पलायन वर्तमान सरकारले भ्रष्टाचारको फाइल धमाधम खोल्दै गर्दाको परिस्थिति भएको आशयको अभिव्यक्ति दिएका र्थि । तर आज सोमबार पूर्वमन्त्री खडेका काठमाडौं स्थित आफ्नै निवासमा प्रकट भएर पत्रकार सम्मेलन गर्दै खड्काले आफू नभागेको र वर्तमानसँग नडराउने बताएका थिए ।

गुहमन्त्री अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे सोधिएको प्रश्नमा भने, “मैले अन्तर्वार्ता दिँदा उहाँ कहाँ हुनुहुन्थ्यो ? भन्ने कुरा उहाँलाई नै सोध्नुस् न । अन्तर्वार्ता छापिएपछि पो उहाँ सार्वजनिक हुनुभयो त ।” गृहमन्त्री अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि हुन नसक्ने टिप्पणी पनि गरे । मन्त्री अर्यालले विगतमा केपी ओली कानुनभन्दा माथि हुने भए पनि अब त्यस्तो नहुने चेतावनी दिए ।

ओलीले कसैले गठन गरेको आयोगमा आफू लुरुलुरु बयान दिन नजाने बताएका थिए । त्यसप्रति पत्रकारको सोधेको प्रश्नमा गृहमन्त्री अर्यालले भने, :केपी ओली कानुनभन्दा माथि हुने पहिला थियो होला अब त्यस्तो हुँदैन ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर