राजसंस्थासहित सर्वपक्षीय भेला गरौं : गोपालमान
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले निधेषको राजनीति त्यागेर सहकार्य, सह-अस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने आवश्यकतासहित राजसंस्थालाई स्पेस दिनुपर्ने कुरा ल्याएका छन् ।
काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन–जी आन्दोलनमा फरक मत राख्ने सबै शक्तिलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’, उनले भने, ‘यो अत्यन्त आवश्यक रहेको विषय हो ।’
राष्ट्रियता, सार्वभौमसत्ता कायम राख्दै आन्तरिक र बाह्य हस्तक्षेपबाट मुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने उनले बताए । ‘अब हामीले ढिला गर्यौं भने समयले पर्खिँदैन । अब हामीले द्रूत गतिले यसबारे सोच्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया
