कंग्रेसमा हुन लागेको छलकपटको निन्दा एवं विरोध

काठमाडौं ।  नेपाली कांग्रेसमा केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको भन्दै विशेष महाधिवेशन पक्षधरले आपत्ति जनाएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ५३ प्रतिशतको हस्ताक्षर बुझाए पनि पार्टीले बेवास्ता गरेको भन्दै उनीहरूले पत्रकार सम्मेलनमार्फत् आपत्ति जनाएका हुन् ।

‘केन्द्रीय कार्यसमितिको विधानमा प्रस्ट रूपमा कार्यकाल तोकिएको छ, विधानले महाधिवेशन प्रतिनिधिको कार्यकाल तोकेको छैन,’ घिमिरेले भने, ‘पार्टीको आवश्यकता हुँदा, सडक र राष्ट्रको आवश्यकताको आधारमा महाधिवेशन प्रतिनिधिको कार्यालय सकियो भन्ने हुँदैन । महाधिवेशन प्रतिनिधिको कार्यकाल जति पनि हुन्छ ।’

आफूहरू मंसिरमा नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै घिमिरेले नगर्ने नियत देखिएकाले विशेष महाधिवेशनको विकल्प नभएको बताए । मंसिरभित्र महाधिवेशन नगर्ने नियतले केन्द्रीय समितिको बैठक छठपछि सारिएको भन्दै घिमिरेले छिटो महाधिवेशनको विकल्प नभएको बताए । अन्यथा विधान अनुसार ५३ प्रतिशतले माग गरे अनुसार विशेष महाधिवेशनमा जानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर