ओलीको ठाडो चेतावनी : “अध्यक्ष छाड्दिनँ भण्डारीको माइती नबन”

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले राजीनामा नदिने प्रस्ट्याएका छन् । केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको शुक्रबार जवाफ दिँदै ओलीले महाधिवेशन प्रतिनिधिको फैसलालाई मान्ने बताएका हुन् । पदाधिकारी, सिनियर नेता र केन्द्रीय सदस्यसम्मले राजीनामा मागेपछि ओलीले महाधिवेशन फेस गर्ने बताएका हुन् ।

बैठकमा केही साथीहरूले राजीनामा माग्नु भएको छ, तर म राजीनामा दिन्नँ  किनकि ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर यहाँसम्म ल्याएको हुँ,’ ओलीले भने, ‘यसैले मेरो काँधमा धेरै जिम्मेवारी छ, त्यो पूरा नगरी अध्यक्ष छाड्दिनँ ।’

राजीनामा माग्नेलाई ओलीले महाधिवेशनको मैदानमा आउन चेतावनी दिएका छन् । ‘जहाँसम्म मेरो राजीनामाको कुरा छ, महाधिवेशनमा छलफल गरौंला,’ ओलीले भने, ‘त्यहाँ छलफल हुन्छ, महाधिवेशन प्रतिनिधिले त्यहीँ फैसला दिन्छन् ।’

बैठकमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले विद्या भण्डारीको सदस्यता सक्रिय गराउनुपर्ने विषयमा समेत ओलीले प्रतिवाद गरेका छन् । भण्डारीलाई सक्रिय गराउन माग गर्ने ५० बढी सदस्यमाथि ओली खनिएका छन् । ओलीले भण्डारीको माइती बनेर प्रस्तुत नहुन बताएका हुन् ।

‘बैठकमा कोही पनि विद्या भण्डारीको माइती बनेर आउन जरुरी छैन, किनकि भण्डारीलाई मैले राम्रोसँग चिनेको छु, जानेको छु,’ उठेका प्रश्नको जवाफका दिँदै ओलीले भने, ‘उहाँलाई अप्ठ्यारो पर्दा सघाएको छु, उपचारका लागि सहयोग जुटाएको छ ।’

ओलीले भण्डारीको उपचारका लागि ५ लाख उठाएर दिएको समेत बताए । ‘उहाँ जब असजिलो अवस्थामा हुनुहुन्थ्यो, उपचारका लागि चाहिने ५ लाख रुपैयाँ जुटाउन सहयोगी बनेँ,’ ओलीले भने, ‘यसैले म भण्डारीको अप्ठ्याराको बेलाको साथी हुँ, यहाँ कसैले पनि ठूलो कुरा गर्नै पर्दैन, म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ, त्यसैले यो संकटमा उहाँ आफैं आएर मलाइ सघाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर