गंगा दाहाल, महत र सूर्य थापाको माइती घर मण्डलामा विरोध

काठमाडौं । काठमाडौंको माइतीघरमा कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगादाहालको ब्यानर राखेर बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पूर्वसैनिक माधव सुन्दर खड्काले राजनीतिक दलहरूप्रति वितृष्णा जगाउने काम ती पार्टीका नेताहरुले गरेको आरोप लगाउँदै ती नेताहरूको फोटो माइतीघरमा झुण्डाएर विरोध जनाएका हुन् । कांग्रेसका नेता महत, एमालेका नेता थापा र माओवादी केन्द्रकी नेतृ गंगा दाहालको फोटो टाँसेर आफ्नो धारणा राख्दै भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्नुपर्ने बताएका थिए ।

महतको तस्बिरमा‘ म भ्रष्टाचारी भाउजुको भ्रष्टाचारी देवर प्रकाशशरण महत लेखिएको छ भने थापाको फोटोमा ‘म नरसंहार हत्यारा, केपी शर्मा ओलीको महाझोले’ लेखिएको छ । यस्तै, प्रचण्डपुत्री गंगाको फोटोमा ‘म जनयुद्धको नाममा अकुत सम्पत्ति कमाउने महिला भ्रष्टाचारी’ लेखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर