जेनजी, राष्ट्रपति र प्रधानमन्त्रीबिच वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहितको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा वार्ता  भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेको वार्तामा जेनजीका प्रतिनिधिहरू सहभागी भएका छन्।

जेनजी समूहबाट वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेका छन्।

निर्वाचन, भ्रष्टाचारीमाथि कारवाही, मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति निवासमा वार्ता आयोजना गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर