फुटेको जनमत पार्टी जन स्वराज पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं ।  जनमत पार्टीबाट विभाजित भई गठित जन स्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झन्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो। सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन्।

उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन (स्वराज)’ लाई आफ्नो वैचारिक नीति मान्दै नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर