प्रचण्डको विचारमा “जेनजी केही होइन”

काठमाडौं।  नेकपा माओवादीको महाधिवेशन आयोजक सचिवालय सदस्यको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना हुन नसक्ने बताएका छन्।

उनले मध्यावधि चुनावमा जानुपर्ने धारणा व्यक्त गर्दै संसद पुनस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र झन् माओवादीको अवस्था नाजुक हुने बताए।

‘अहिले कांग्रेस र एमाले खुम्चिएका छन्। हामी तन्किएका छौं। जेनजी केही होइन। कांग्रेस र एमाले सक्किएको बेला उठ्ने माओवादी हो’, उनले बैठकमा भने,‘जेनजीको पार्टी छैन। राष्ट्रिय स्वतन्त्र पार्टी अलमलमा छ। त्यहाँभित्र हामी छौं। हामी एक नम्बर हुन्छौं। चुनाव हाम्रो लक्ष्य हुनुपर्छ।’

यहि अवस्थामा माओवादी बलियो हुने बताएका उनले बैठकमा भने,‘अब हाम्रो मुख्य एजेन्डा चुनाव मात्र हुनुपर्छ।’ सदन विघटन गैरकानुनी भयो भन्ने प्रश्न उठेसी प्रचण्डले भने,‘ओलीले गरे गैरकानुनी हुने हो, अरुले गरेको र अवस्थाले माओवादीको ग्राफ बढिसक्या छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर