कांग्रेसमा दुई धार : प्रतिनिधिसभा पुनर्स्थापना र चुनाव

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ ।  प्रवक्ता प्रकाशशरण महतले शुक्रबारको बैठकपछि दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।

‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथि तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ उनले भने,’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर सरकार निष्पक्ष रुपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर