राष्ट्रपतिको आयोजनामा आज दलका नेताहरू र प्रधानमन्त्री कार्कीबिच भेटघाट हुँदै

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्। चुनाव कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नभई रहेको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका नेताहरूलाई छलफलका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयको भनाइ रहेको बताइन्छ ।

यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। सो अवसरमा राष्ट्रपतिले आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले भने निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको र सरकारले पनि त्यसअनुसार आवश्यक पूर्वाधार र व्यवस्थापनमा जुटिरहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर