बालेन र सुदनविरूद्ध अर्को जाहेरी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।

युवराज सफल भनिने युवराज पौडेलले मेयर साह र गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा राजद्रोहको आरोपमा जाहेरी दिएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उक्त जाहेरी प्राप्त भएको पुष्टि गर्दै जानकारी दिए ।

उनका अनुसार, यो जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको छ । साथै, मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरेको थियो । अनेरास्ववियुको जाहेरी पनि जाँचबुझ आयोगमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर