यदि हामी पेपर टाइगर हौँ भने नेटो के हो त ? : पुटिन

काठमाडौं ।  रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले रूसलाई ‘पेपर टाइगर’ भनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिएका छन्। ट्रम्पले रूसलाई ‘पेपर टाइगर’ अर्थात् कागजी बाघ भनेका थिए।

पुटिनले आफूहरू कागजी बाध भए नेटो के हो भन्ने प्रश्न गरेका छन्। सुरक्षा तथा भू–राजनीतिक मामिलासम्बन्धी विज्ञहरूसँगको छलफलमा पुटिनले भने,‘के हामी पेपर टाइगर हौँ? यदि हामी पेपर टाइगर हौँ भने नेटो के हो त?’

आत्मविश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण विषय रहेको उनको भनाइ थियो। ‘हाम्रो लागि सबैभन्दा जरूरी कुरा हाम्रो आत्मविश्वास कायम राख्नु हो। र, हामी आत्मविश्वासी छौँ,’ उनले भने। ट्रम्पले केही दिनअघि सामाजिक सञ्जालमार्फत रूसलाई ‘पेपर टाइगर’ भनेका थिए।

युरोप र नेटाको समर्थन तथा रूसको अर्थतन्त्रमाथि बढ्दो दबाबका कारण युक्रेनले युद्ध सुरू भएको स्थानबाट आफ्नो मूल सीमा पुनः प्राप्त गर्न सक्ने बताएका थिए। ‘युक्रेन र रूसको सैन्य तथा आर्थिक अवस्थाबारे पूर्ण रूपमा बुझिसकेपछि मेरो सोच परिवर्तन भएको छ,’ रूसलाई पेपर टाइगर भन्दै उनले भनेका थिए,‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन्। र, यो युक्रेनका लागि कदम चाल्ने उपयुक्त समय हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर